५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


सुबिसुको कार्यालयमा लागेको आगो नियन्त्रणमा (भिडियो)


0
Shares

काठमाडौं, साउन २२ । काठमाडौंको बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको कार्यालयमा बुधबार भीषण आगलागी भएको छ ।

‘विद्युत् सर्किट सर्ट’ भएर पेट्रोलियम पदार्थ भन्डारण गरिएको कोठाबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

दिउँसो पौने १ बजेदेखि लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जुद्ध बारुणयन्त्रको सहायतामा करिब दुई घन्टापछि नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

आगो निभाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोमवाला दमकलसमेत मगाइएको थियो ।

आगलागी भएको करिब आधा घन्टापछिमात्र दमकल आइपुगेको थियो ।

आगलागीपछि सुबिसु केवल नेटले दिँदै आएको सेवा अवरुद्ध भएको छ ।

भिडियो हेर्नुहोस्