
इलाम । इलाममा दुर्घटना न्यूनिकरणका लागि विभिन्न सडकमा संकेत राख्ने काम भइरहेको छ ।
बाक्लो हुस्सु र कुहिरोका कारण मेची राजमार्गमा सवारी दुर्घटनामा वृद्धि हुँदै गएपछि दुर्घटना न्यूनिकरणका लागि विभिन्न सडक संकेत राख्न थालिएको हो ।
डिभिजन सडक कार्यालय इलामले मेची राजमार्गको तीस किलोमिटर क्षेत्रमा सडक सुरक्षा कार्यक्रमअन्तर्गत आधुनिक सडक संकेत जडान गरेको हो ।
एक करोड बजेटबाट बाक्लो कुहिरो लाग्ने क्षेत्रमा छ सय ५० वटा सोलार स्टड (क्याट आइ), तीन हजार वटा सोलारबाट स्वचालित मेटल डेलिनेटर पोष्ट जडान गरिएको इञ्जिनियर मिलन श्रेष्ठले जानकारी दिए ।
सडकमा एज पेन्टिड.पनि गरिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा १८ वटा दुर्घटना भएको र नौ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय इलामले जानकारी दिएको छ । अघिल्लो वर्ष २५ दुर्घटनामा सात जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्