
बाग्लुङ, साउन २१ । पहिरोको कारण बाग्लुङको जैमिनी नगरपालिका–१०, राङखानीस्थित जनता प्राथमिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।
विद्यालयको माथिल्लो र तल्लो भागबाट पहिरो जान थालेपछि मंगलबारदेखि पाँच दिनसम्मका लागि विद्यालय बन्द गरिएको व्यवस्थापन समितिका अध्यक्ष प्रकाश छन्त्यालले बताए ।
गत आर्थिक वर्षको नगरको मोटरबाटो विकास योजनाअनुसार जैमिनी नगरपालिकादेखि बरेङ गाउँपालिका जोड्ने मोटरबाटोअन्तर्गत् राङखानी किटेनीदेखि विस्तार गरिएको थियो ।
विद्यालय मास्थिरबाट मोटरबाटो खनिएपछि भारी वर्षाका कारण बाटो भत्किएर विद्यालय पुरिने अवस्थामा पुगेको छ ।
सो विद्यालयमा ४२ जना विद्यार्थी अध्ययनरत् छन् ।
प्रतिक्रिया दिनुहोस्