५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


बूढीगंगाको बहाब बढ्यो, पुलमाथि पानी


0
Shares

बाजुरा, साउन २१ । सोमबार रातिदेखि आएको अविरल वर्षासँगै बूढीगंगा नदीको बहाब बढेको छ ।

नदीको बहाब बढेपछि बाजुराको बूढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीचमा पर्ने ताप्रीसेरा पुलमाथिबाट पानी बग्न थालेको छ ।

पुलमाथिबाट पानी बग्न थालेसँगै उक्त पुल जोखिममा परेको छ ।

तल गुँहीगाड खोला र माथि द्धाराको पहिरो खस्दा बीचमा रहेको उक्त झोलुंगेपुल बग्ने खतरा बढेको स्थानीयले बताएका छन् ।

विशेषगरी बूढीगंगा र त्रिवेणी नगरपालिकाबाट आवागमन गर्ने यात्रीलाई सास्ती भएको स्थानीयको भनाइ छ ।