 
	    बैतडी, मंसिर १६ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा मंगलबार (आज)देखि ११ दिनका लागि ‘लकडाउन’ गरिएको छ ।
गाउँपालिकाका थप छजनामा कोरोना पुष्टि भएपछि लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिनुभयो ।
उहाँले गाउँपालिकामा अहिले १६ जना सक्रिय संक्रमित रहेका बताउनुभयो ।
यही मंसिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी–साधन सञ्चालनमा रोक लगाइनुका साथै गाउँपालिकाका सातओटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ ।
पछिल्लो समय डिलाशैनीमा समुदायस्तरमै कोरोना फैलिएको शंका गरिएको छ ।
यसअघि, जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै मंसिर २२ सम्म लकडाउन गरेको छ ।
बैतडीमा हालसम्म ५६८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एकजनाको मृत्यु भइसकेको छ ।
संक्रमितमध्ये ४९९ जनाले कोरोना जितेका छन् भने ६८ जना अझै सक्रिय अवस्थामै रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्