१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


डोलेश्वर महादेवको मन्दिरमा घुइँचो


0
Shares

भक्तपुर, साउन ६ । साउनको पहिलो सोमबार आज केदारनाथको शीर भक्तपुरस्थित डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको भीड लागेको छ ।

भक्तपुरसहित काठमाडौं, ललितपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु आएका छन् ।

२०६६ साल भदौ ६ गते केदारनाथको शीर घोषणा गरिएपछि यहाँ हरेक वर्षको साउन महिनाभरि मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।

यसैबीच, केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा साउन १ गतेदेखि ३८ दिने श्रावणी मेला सन्चालन भइरहेको समितिका प्रवक्ता तथा पूर्वअध्यक्ष विदुरमानसिंह बस्नेतले जानकारी दिए ।