
धनकुटा, साउन ३ । सरकारले लागू गरेको ‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ्ग प्रणाली’ को विरोधमा पूर्वी पहाडी क्षेत्रका व्यवसायीहरु आन्दोलित बनेका छन् ।
वितरक संघ धनकुटाले आफ्नो सम्पूर्ण कारोवार बन्द गरेर विरोधमा उत्रिएको छ ।
विरोधका कारण साउन १ गतेबाट नै पहाडी क्षेत्रमा ढुवानी ठप्प छ । डिलर तथा थोक बिक्रेताको लागि यो प्रणाली उपयोगी नभएको वितरक संघ धनकुटाका अध्यक्ष कृष्णराज श्रेष्ठको भनाइ छ ।
पूर्ववत अवस्थामै व्यवसाय सञ्चालन गर्न नदिए चरणबद्ध आन्दोलन गर्ने वितरक संघ धनकुटाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्