३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


पानीमा आर्सेनिकको मात्रा उच्च पाइएपछि विपन्न परिवारलाई ‘फिल्टर’ वितरण


0
Shares

कञ्चनपुर, साउन ३ । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका केही वडामा आर्सेनिकको उच्च जोखिम देखिएको छ ।

४, ५ र ६ वडाको पानीमा आर्सेनिकको मात्रा उच्च देखिएको हो । सबैभन्दा बढी वडा नम्बर ४ मा आर्सेनिकयुक्त पानी भेटिएको छ ।

आर्सेनिकको मात्रा बढी देखिएपछि गाउँपालिकाले अति विपन्न परिवारलाई फिल्टर वितरण गरेको छ । गाउँपालिकाले ३ सय ८७ विपन्न परिवारलाई फिल्टर वितरण गरेको लालझाँडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए ।