१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


बुद्धको मूर्ति तोडफोड घटनाले धार्मिक सद्भावमा खलल पुग्दैन : सन्चारमन्त्री


0
Shares

काठमाडौं, साउन २ । सरकारले रुपन्देहीमा भगवान् गौतमबुद्धको प्रतिमा तोडफोड भएको घटनाले धार्मिक सद्भावमा खलल नपुग्ने जनाएको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एउटै घटनाले धार्मिक सहिष्णुता र सद्भावमा खलल हुन नसक्ने बताए ।

बुद्ध प्रतिमाहरु तोडफोड गर्नेको खोजी भइरहेको भन्दै उनले दोषीहरुलाई कानुनको दायरामा ल्याइने बताए ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहले शक्ति सन्चयका लागि वार्ता गर्न खोजेको भए सरकारले वार्ता नगर्ने उनको भनाइ थियो ।