४ असार २०८२, बुधबार | Wed Jun 18 2025


राष्ट्रपतिबाट महारथी दर्जा ग्रहण गर्न भारतीय सेनाध्यक्ष नेपाल आउने


0
Shares

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे यही कार्तिक १९ देखि ३ दिने भ्रमणमका लागि नेपाल आउनुहुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न उहाँ कात्तिक १९ देखि २१ गतेसम्म तीन दिने भ्रमणका लागि नेपाल आउन लाग्नु भएको हो ।

नेपाल र भारतका सेनाध्यक्षले एकअर्काको देशका महारथी ग्रहण गर्ने यो परम्परा सन् १९५० देखि चल्दै आएको छ ।

भ्रमणकै क्रममा नेपाल र भारतबीचको सीमा विवाद र सुरक्षा चुनौतीका बिषय मुख्य एजेण्डा रहेको भारतीय अधिकारीले बताएका छन् ।

सेना प्रमुख नरावणेको भ्रमणले सीमामा देखिएको विवादपछि हिमालयन राष्ट्रसँगको सम्बन्धलाई पुन स्थापना गर्ने सम्बन्धमा महत्वपूर्ण कूटनीतिक सुरुवात हुने पनि अधिकारीहरुको अपेक्षा छ ।

भ्रमणका क्रममा नरावणेले नेपाली समकक्षी पूर्णचन्द्र थापा लगायत शीर्ष सैन्य अधिकारीहरुसँग १८ सय किलोमिटर लामो सीमासहित दुई देशबीच देखिएका महत्वपूर्ण मुद्दाहरुमा विस्तृत वार्ता गर्ने बताइएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई लिएर दुई देशबीच सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतबाट सेनापति तहमा हुन लागेको पहिलो उच्चस्तरीय भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण गत बर्षको माघ २० गते तय भएकोमा कोराना भाइरसको महामारीका कारण स्थगित भएको थियो ।