
कैलाली, साउन २ । कैलालीको घोडाघोडी नगरपालिका–१ मा गएराति सडकमा रहेको चौपायासँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार घोडाघोडी नगरपालिका–४ का २६ वर्षीय अशोक चौधरी रहेका छन् । उपचारको क्रममा घोडाघोडी अस्पतालमा उनको आज विहान साढे ३ बजे मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका ३० वर्षीय प्रेम चौधरीलाई थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज बाँके पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गएराति १ बजे उनीहरु सवार मोटरसाइकल चौपायासँग ठोक्किएर नियन्त्रण गुमाएर पल्टिएको थियो ।
प्रतिक्रिया दिनुहोस्