
पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम—राँके सडकखण्ड अन्र्तगत फाल्गुनन्द ३ को पाङग्रेभीरमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
बिहिबार बेलुकाबाटै पहिरो झरेर सडक अवरुद्ध हुँदा अहिले पूर्वी पहाडी जिल्ला पाँचथर,ताप्लेजुङ र तेह्रथुम बाट जाने र इलाम, झापाबाट आउने सवारी साधानहरु रोकिएका छन् ।
ठूलो पहिरो झरेका कारण पन्छाउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनक तिम्सिनाले बताए ।
अहिले स्काभेटर,नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानियको प्रयासमा पहिरो पन्छाइराखिएको उनले बताए ।
यसअघि पनि पहिरो झरेर त्यस ठाउँमा अवरुद्ध भएको सडक स्काभेटर,र प्रहरीको सहयातमा एकतर्फी भएपनि सडक संचलनमा ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्