
काठमाडौं । ज्यापू संस्कृति विकास कोषले गुरु पूर्णिमाको अवसरमा कोषसंग आवद्ध ६३ जना गुरुलाई सम्मानित गरेको छ ।
आज काठमाडौमा आयोजित कार्यक्रममा ६३ टोलका गुरुहरुलाई नेवारी पराम्परा अनुसार सम्मान गरिएको हो ।
सम्मानित गुरुहरुलाई टोलका स्थानीयले फूल माला र दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रमका संयोजक सन्तकुमार महर्जनले गुरुहरुको गरिमालाई उचो बनाई राख्न सामुहिक गुरुपूजा गरिंदै आएको बताए ।
टोलमा उल्लेख्य योगदान गर्दै आएका गुरुहरुलाई कोषले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्