Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


लोकसेवाको विज्ञापन खारेजीको माग गर्दै सिट्ठी जुलुस


0
Shares

काठमाडौं, असार ३० । लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै सोमबार राजधानीमा विभिन्न पक्षले सिट्ठी जुलुस निकालेका छन् ।

आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक, महिला तथा अपांगता भएकालगायतले संयुक्तरुपमा सिट्ठी जुलुस निकालेका हुन् ।

जुलुसमा सरकारविरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

जुलुसपछि आयोजित कोणासभामा बोल्नेहरुले लोकसेवा आयोगको विज्ञापन समानुपातिक समावेशीको सिद्धान्तविपरीत भएको भन्दै खारेज गर्न माग गरेका थिए ।

सुन्धाराबाट सुरु भएको जुलुस विभिन्न स्थानको परिक्रमा गर्दै न्यूरोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।