२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


अन्तर्राष्ट्रिय वैज्ञानिक तथा विज्ञहरु बोलाएर ‘सगरमाथा बहस’ गरिने


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालय क्षेत्रको रक्षाका लागि नेपालले अन्तर्राष्ट्रिय वैज्ञानिक तथा विज्ञहरु बोलाएर ‘सगरमाथा बहस’ गर्न लागेको बताएका छन् ।

वातावरण मन्त्रालय र विभिन्न दातृ निकायको सहयोगमा आज काठमाडौंमा आयोजित जलवायु परिवर्तनसम्बन्धी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमालय क्षेत्रको संरक्षणबिना जलवायु स्वच्छ र सन्तुलित हुन नसक्ने भन्दै त्यस क्षेत्र बचाउन नेपालको अग्रसरतामा हिमाली देशहरुको पनि सम्मेलन गरिने बताए ।

जलवायु परिवर्तनका कारण मुलुकलाई ठूलो क्षति भएको भन्दै उनले असन्तुलित वर्षा तथा हावाहुरीसमेत यसकै असर हो भने ।

तापक्रम पनि असन्तुलित बन्न थालेको भन्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको विषयमा विकसित देशदेखि अविकसित तथा अल्पविकसित मुलुकसमेत गम्भीर बन्नुपर्ने बताए ।

उनले नेपालले स्वच्छ वातावरणमा बाँच्न पाउने हक संविधानमै व्यवस्था गरेको स्मरण गर्दै स्वच्छ वातावरणका लागि नेपाल प्रतिबद्ध छ भने ।

दर्जन बढी मुलुकका प्रतिनिधि सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल शान्त र सुन्दर रहेको भन्दै नेपाल घुम्नसमेत आह्वान गरे । कार्यक्रम साउन २ गतेसम्म चल्ने छ ।