
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरो तथा डुवानका कारण अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार बाढी पहिरोमा परेर ४१ जना पुरुष र २४ जना महिलाको मृत्यु भएको हो ।
बाढी र पहिरोमा ३० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १८ पुरुष र १२ जना महिला छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले बाढी र पहिरोबाट ३८ जना घाइते भएको जनाएको छ । घाइते हुनेमा २१ पुरुष र १७ महिला छन् ।
उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अहिलेसम्म १ हजार ४ सय ४६ जनाको उद्धार गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्