काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
बाढी, पहिरो र डुवानमा परेर ३५ जना वेपत्ता भएका छन् । प्रहरीले काठमाडौं उपत्यकामा मात्र ८ जनाको मृत्यु भएको जनाएको छ ।
सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ । त्यसैगरी प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।
प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक–एक गरी जम्मा दुई जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा ६ र भोजपुरमा पाँच जनाको मृत्यु भएको छ ।
मकवानपुर, खोटाङ र काभ्रेमा ३/३, धादिङ र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीले उद्धार जारी राखेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्