२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख ब्यक्त


0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बताएका छन् ।

आज विज्ञप्ति जारी गर्दै उनले प्राकृतिक प्रकोप र मानवीय संवेदनाको घडीमा संकीर्ण सोचबाट माथि उठेर लोकहितकारी काममा लाग्नसमेत आह्वान गरेका छन् ।

पूर्वराजा शाहले विपद् व्यवस्थापनको प्रभावकारी कदम चाल्नसमेत सरकारलाई आग्रह गरेका छन् ।