२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


इलाममा बाढीले बगाएर तीन किशोरी बेपत्ता


0
Shares

फिक्कल, असार २८ । इलामको माई नगरपालिकामा बाढीले बगाएर तीनजना किशोरी बेपत्ता भएका छन् ।

माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीकाअनुसार माई नगरपालिका–६, गोतामे माविमा शुक्रबार परीक्षा सकेर शनिबार घर जानेक्रममा उनीहरुलाई खोलाले बगाएको हो ।

माई नगरपालिका–६, बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जानेक्रममा उनीहरुलाई खोलाले बगाएको भण्डारीले जानकारी दिए ।

उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय इलाम र चिसापानी प्रहरीचौकीबाट प्रहरी खटाइएको बताइएको छ ।

निरन्तरको पानीका कारण उद्धारकार्यमा समस्या भएको उनले बताए ।

खोलाले बगाएर शुक्रबार इलाम, चुलाचुली गाउँपालिकाका अञ्चल लावतीको मृत्यु भएको थियो । रासस