
अपडेट:
काठमाडौं, असार २८ । अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोमा परी शनिबार साँझसम्म ३४ जनाको मृत्यु भएको छ ।
बाढी–पहिरोमा परी १६ व्यक्ति बेपत्ता छन् । १२ जना घाइते भएका छन् ।
बाढी–पहिरोमा परी ललितपुरमा पाँचजना, भोजपुरमा चारजना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा तीन/तीनजना, धादिङ र सिन्धुलीमा दुई/दुईजना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक/एकजना गरी ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढी–पहिरोमा परी सिन्धुलीमा चारजना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा एक/एकजना गरी १६ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।
यस्तै, मकवानपुरमा चारजना, काभ्रेमा दुईजना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवनमा एक/एकजना गरी १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको प्रहरीले जनाएको छ ।
बाढी–पहिरोमा परेका महोत्तरीमा ५०० जना, रौतहटमा २०० जना, काठमाडौंमा १८५ जना, सिन्धुलीमा ७० जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा दुईजना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एक/एकजना गरी ९७९ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्