
दाङ, असार २८ । दाङमा लगातारको बर्षापछि स्थानीय खोलाहरुमा आएको बाढीले तुलसीपुर–घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ ।
घोराही–लमही सडक खण्डको बीचमा पर्ने बबई, सिस्ने, पत्रेलगायत तीनवटा खोलामा आएको बाढीले सडक अबरुद्ध भएको हो । त्यस्तै तुलसीपुर–घोराही सडक खण्डको गुर्जे खोलामा आएको बाढीका कारण यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए ।
स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्