२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सप्तकोसी र कमला नदीमा खतराको स्तरमाथि पुग्यो पानी


0
Shares

सुनसरी, असार २८ । अविरल वर्षाका कारण आएको बाढीले सप्तकोसी र कमला नदीको पानीको सतह खतराको स्तर नाघेको छ । वर्षा जारी रहेका कारण नदीमा पानीको सतह बढ्ने क्रम जारी छ ।

कमला नदीमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको बाढी मापन केन्द्रले जनाएको छ । धनुषा र सिराहाका डुबान भइरहने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आह्वान गरेको छ ।

केन्द्रले आज सूचना जारी गर्दै दिनभर सुरक्षित स्थानमा जान आग्रह गरेको छ । यसैगरी सप्तकोसी नदी चतरामा पनि आज बिहान ६ बजे जलसतहले सतर्कताको तह पार गरेको छ । बाढीको सतह अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।