२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


त्रिशूलीमा ट्रक खस्यो, एकजना बेपत्ता


0
Shares

भरतपुर, असार २८ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ ।

दुर्घटनामा ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । गए राति १ः३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना४ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । 

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ट्रक पूरै पानीमा डुबेको र  नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । (रासस)