Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


उद्धार, उपचार र राहतमा जुट्न सुरक्षा निकायलाई निर्देशन


0
Shares

काठमाडौं, असार २७ । सरकारले प्राकृतिक विपत्तिमा परेकाहरुको तत्काल उद्धार, उपचार र राहतमा जुट्न तीनओटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा विभिन्न मन्त्रालयहरुको प्रगति विवरण लिन प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकपछि सन्चारकर्मीहरुसित कुरा गर्दै सन्चार तथा सूचना प्रविधमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक विपत्तिप्रति उच्च सतर्कतामा अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै सुरक्षा निकायहरुलाई सतर्क रहन निर्देशन दिइएको जानकारी दिए ।