Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


मूलपानीमा पर्खाल भत्कँदा तीनजनाको मृत्यु


0
Shares

साँखु, असार २७ । काठमाडौंको मूलपानी, बाबाचोकस्थित स्वास्थ्यचौकी भवननजिकै पर्खाल भत्कँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

बारा, देवताल गाउँपालिका–५ स्थायी घर भइ कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पुर्‍याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको छ ।

उनका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको उद्धार गर्दैगर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उनकाअनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुरेको हो । रासस