
सिन्धुली, असार २७ । सिन्धुलीको फिक्कलमा पहिरो जाँदा एकजनाको पुरिएर मृत्युु भएको छ ।
पहिरोमा पुरिएर फिक्कलकी हेमकुमारी सुनुवारको मृत्यु भएको हो ।
तीन दिनदेखिको अविरल वर्षाका कारण सिन्धुलीको कमला र मरिण नदीमा आएको बाढीले खेतीयोग्य जग्गा कटान सुरु गरेको छ ।
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीको गौमती नदीमा आएको बाढीले मुख्य बजारका नदी तटीय क्षेत्रमा जोखिम बढाएको छ । भारी वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।
तराई र भित्री तराई क्षेत्रको बीचमा पर्ने चुरे पहाडको काखमा अवस्थित कमलाखोच क्षेत्रमा चुरे पहाड विनासका कारणले कमला नदी र खहरेहरुमा आउने बाढीले रानीवास, निपाने, काउछे, हर्षाही, टाडीलगायतका मानव बस्तीसमेत जोखिममा पर्न थालेका छन् ।
त्यस्तै, मरिण क्षेत्रका सहान, नक्कली, बाह्रबीसेलगायतका बस्तीसमेत जोखिममा परेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्