२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


निरन्तर वर्षाका कारण विमान उडान र अवतरणमा अवरोध


0
Shares

काठमाडौं । तीन दिनदेखिको निरन्तर वर्षाका कारण विमान उडान र अवतरणमा अवरोध आएको छ ।

आन्तरिक एवं बाह्य उडानका विमानलाई डाइभर्ट गरिएको छ ।

दुबई र दिल्लीबाट काठमाडौंका लागि आएको नेपाल वायुसेवा निगमको विमान नयाँ दिल्ली नै फिर्ता पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

यस्तै आन्तरिकतर्फ सिमरा र नेपालगन्जबाट काठमाडौं आएको विमान पोखरातर्फ धनगढी र सुर्खेतबाट काठमाडौंमा आएका विमान भैरहवातर्फ पठाइएको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए ।