Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


नृत्यकर्मीहरुले राखे नृत्य विकास बोर्ड गठनको माग


0
Shares

काठमाडौं । नृत्यकर्मीहरुले नृत्य कलाकारको हक, हित र अधिकारका लागि नृत्य विकास बोर्ड गठनको माग गरेका छन् ।

काठमाडौंमा आज उनीहरुले एक कार्यक्रम गरी नृत्य क्षेत्रको हक, हित, सम्मान र पेशागत सुरक्षाका लागि एक हुन सबै कलाकर्मीलाई आग्रह गरेका छन् ।

नृत्य कलाकारहरुलाई राज्यले उपेक्षा गरेकाले त्यसका लागि सबै नृत्यकर्मी एकजुट हुनुपर्ने उनीहरुको भनाइ थियो ।

नृत्यकला मुलुकको सांस्कृतिक कलासँग सम्बन्धित भएकाले नृत्य विकास बोर्ड गठन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

नृत्य विकास बोर्ड गठन अभियन्ता रमेशमान मुनिकारले नृत्यकर्मीको संगठनका लागि नृत्य विकास बोर्ड गठन आवश्यक रहेको बताए ।

उनले सातै प्रदेशमा प्रदेशस्तरीय नृत्य विकास बोर्ड गठन गरी नृत्य संस्कृति र कलाकर्मीको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नृत्य प्रशिक्षक, कलाकारलगायत सहभागी थिए ।