३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


सिंगिया खोलामा आएको बाढीले विराटनगरका बस्तीहरु डुबानमा


0
Shares

विराटनगर ।  सिंगिया खोलामा आएको बाढीले विराटनगर महानगरपालिकाका ३ वडाका विभिन्न बस्ती डुवानमा परेका छन् ।

महानगरपालिकाका १, २ र ८ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । सिंगियाको बाढीले विराटनगर–१ को परोपकारघाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएको छ ।

यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई गएराति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगर महानगरपालिका–२ र ८ का वस्ती पनि डुबानमा परेका छन् ।

मोरङमा बिहीबारदेखि सुरु वर्षा आज दिउँसोदेखि भने केही कम भएको छ ।