Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


काठमाडौं महानगरले तीनवटा विद्युतीय शवदाह निर्माण गर्दै


0
Shares

काठमाडौं, असोज २६ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै अब छिट्टै कामपाकोे करीब रु.१५ करोेड अनुदानमा पाशुपत क्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिनुभयो ।

उहाँका अनुसार केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुने छ ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले कामपाले पनि विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।

कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाइ भएकोे र अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

उहाँका अनुसार कोषसँग पटकपटक छलफल गरी सम्झौताको अन्तिम चरणमा पुगिएको छ ।