२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


प्रधानमन्त्री ओलीले लिए मन्त्री र सचिवहरुसँग मन्त्रालयगत् प्रगति विवरण


0
Shares

काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुसँग मन्त्रालयगत् प्रगति विवरण लिएका छन् ।

चालू आर्थिक वर्ष सकिनै लाग्दा प्रधानमन्त्री ओलीले मन्त्री र मन्त्रालयका सचिवहरुसँग मन्त्रालयगत् प्रगति विवरण लिएका हुन् ।

बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्री र सचिवको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले आर्थिक वर्षको समीक्षाका लागि प्रगति विवरण मागेका हुन् ।

बैठकमा मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयका प्रगति विवरण पेस गरेका थिए ।

अघिल्लो वर्षको नीति तथा कार्यक्रमसँग जोडेर मन्त्रालयको प्रगतिका विषयमा जानकारी लिन प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्री तथा सचिवहरुलाई डाकेको थियो ।

सचिवहरुको प्रस्तुतिपछि प्रधानमन्त्रीले मन्त्री तथा सचिवहरुलाई आवश्यक निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।