२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


शैक्षिक संस्थाहरु के चल्छ भनेर थापिने पसलजस्तो होइनः प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक संस्थाहरुको स्थापना के चल्छ भनेर थापिने पसलजस्तो नभएको भन्दै देशलाई चाहिने दक्ष जनशक्ति निर्माण केन्द्रित हुनुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवशको बैठकमा वोल्दै प्रधानमन्त्री ओलीले एउटै विषयको २० हजार विद्यार्थी वार्षिक रुपमा देशलाई आवश्यक नपर्ने र  खपत गर्न  समेत गर्न नसकिने हँुदा प्राविधिक विषय सँगै कृषि, वन, इन्जिनियरिङ् लगाएतका विषयका विज्ञहरुको भने खाँचो रहेको बताए ।

शैक्षिक संस्थाहरु कुनै पनि कुरामा मनपरेन भने तोड्फोड गर्ने प्रविधि बसेको भन्दै प्रधानमन्त्री ओलीले शैक्षिकसंस्थाहरुमा साग बेच्नेहरुको पनि पसिना परेको हुन्छ त्यसकारण तोड्फोडको काम नगर्न समेत आग्रह गरे ।

प्रधानमन्त्री ओलीले यस्तै शैक्षिकसंस्थामा अनिमियता र वेथिती गर्ने जोसुकै भए पनि त्यसको अनुसार हेरिदैन् भने ।

कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उच्चशिक्षा संघ र प्रदेशमा गईसकेको अवस्थामा त्रिवी पुरानै ढाँचामा चल्न नसक्ने भन्दै नयाँ पुस्तालाई अब कसरी तयार गर्ने भनेर सोच्न आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा त्रिवीका उपकुलपति डा. तीर्थ खनियाले आगामी पुषमा हुने ५७ औँ गेस्रलिष्ट दिन ७० हजार विद्यार्थी तयार रहेको बताए ।

कार्यक्रममा नव निर्मित उपकुलपतिको बस्ने कार्यलयको समेत प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए । उपकुलको भवन भुकम्पका कारण क्षति पुगेको थियो । ।