
काठमाडौं, असार २३ । संसदीय सुनुवाइ समितिले विभिन्न चार देशका लागि सिफारिस गरिएका राजदूतहरुको नाम अनुमोदन गरेको छ ।
समितिको सोमबार बसेको बैठकले अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, बंगलादेशका लागि प्रस्तावित वंशीधर मिश्र, कतारका लागि प्रस्तावित नारदनाथ भारद्वाज र स्पेनका लागि प्रस्तावित दावाफुटी शेर्पाको नाम अनुमोदन गरेको हो ।
त्यसअघि, सुनुवाइ समितिमा सांसदहरुले चारैजनासँग विभिन्न विषयमा सोधपुछ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्