३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


निर्वाचन आयोगको तेस्रो रणनीतिक योजना एक महिना धकेलियो


0
Shares

काठमाडौं, असार २३ । आउँदो साउन १ गतेदेखि लागू गर्ने भनिएको निर्वाचन आयोगको तेस्रो रणनीतिक योजना एक महिना पछाडि सारिएको छ ।

आयोगले सोमबार काठमाडौंमा गरेको रणनीतिक योजनाको मस्यौदामाथिको छलफलमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले रणनीतिक योजनामा पाँच वर्षको कार्ययोजनाहरु रहेको जानकारी दिए ।

उक्त योजनामा विदेशमा बस्ने नेपालीहरुलाई पनि मतदान गर्न दिनेलगायतका व्यवस्थाहरु समावेश गर्नुपर्ने भएकाले पनि समय लागेको उनको भनाइ थियो ।

संघीय संसददेखि वडा तहसम्ममा खाली भएका जनप्रतिनिधिको स्थानमा आउँदो कात्तिकभित्र उपनिर्वाचन गराउने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ ।