२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


दाङका ३५ ओटा वडा ‘बाढीको जोखिमयुक्त’


26
Shares

दाङ, असार २३ । दाङका १०० ओटा वडामध्ये ३५ ओटा वडालाई बाढीको जोखिमयुक्त वडाकारुपमा घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङकाअनुसार विशेषगरी बबई र राप्ती नदी आसपासका गाउँहरु बढी जोखिममा छन् ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालकाअनुसार चालू आर्थिक वर्षमा जोखिमयुक्त भनिएका ३५ वडामध्ये १५ ओटामा जोखिमको पूर्वसूचना दिने ‘साइरन’ प्रणाली जडान गरिँदैछ ।

जिल्ला प्रशासनको हाताभित्र जोखिमको अवस्था बुझ्नका लागि डिजिटल सूचना बोर्डसमेत जडान गर्न लागिएको छ ।

जिल्लामा जुनसुकै प्रकारको जोखिम आएपनि खोज तथा उद्धारका लागि आफूहरु तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।