
काठमाडौं, असार २२ । काठमाडौंको कंकेश्वरी मन्दिर नजिक रहेको विष्णुमति नदी माथिको पुरानो झोलुङ्गे पुल नदीेले बगाएको छ ।
हिजो राति आएको मुसलधारे वर्षाका कारण नदीमा आएको बाढीले पुलको पश्चिमी भाग बगाएको हो । ४५ वर्ष अघि निर्मित सो पुलले नदीको पूर्व कंकेश्वर र पश्चिम चागल जोडेको थियो ।
नदीको किनारा विस्तार गर्ने क्रममा पुल पनि आधा भएको र मर्मत सम्भार राम्रो नभएको कारण पुलको पश्चिमतर्फको भाग बाढीले बगाएर लगेको स्थानीयले बताएका छन् ।
बाढीले पुल बगाएपछि पैदलयात्रीहरुलाई वारपार गर्न अप्ठेरो भएको छ ।
प्रतिक्रिया दिनुहोस्