
-बिराज रोस्यारा/ कैलाली
कैलाली । कैलालीका अधिकांस वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका अधिकासं वडा कार्यालयमा तालाबन्दी गरेको हो ।
धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक स्थानीय नेताले बताए ।
तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको पर्चा समेत राखिएको छ ।
वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार बनाउने निर्णय गएको र त्यस्का विरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तरगत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ ।
आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिवन्धका विरुद्ध पनि चरणवद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ ।
यसअघि गयराती कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहका कार्यकर्ताले थुनेका थिए ।
गएराती साढे आठ बजेको समयमा कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुई जना कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहले बाहिरबाट ताला लगाएर थुनेको थियो ।
स्रोतका अनुसार नगरपालिकाका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनार सहित केही जनप्रतिनिधी रातीको समयमा लेखा फाँटमा काम गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्