३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


मोरङ पूर्णसाक्षर तथा खुला दिसामुक्त जिल्ला घोषित


0
Shares

विराटनगर, असार २१ । मोरङलाई पूर्णसाक्षर तथा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले मोरङलाई पूर्णसाक्षर एवं खुला दिसामुक्त जिल्ला गरेका हुन् ।

पूर्णसाक्षर घोषणा हुने आधारमा ९६.५९ प्रतिशत साक्षरता प्रतिशत पूरा गरेकाले मोरङलाई पूर्णसाक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख दीर्गध्वज चापागाइँले जानकारी दिए ।

योसँगै मोरङ मुलुकको ५१औं पूर्णसाक्षर जिल्ला बनेको छ ।

यस्तै, सरकारले सरसफाइको योजना २०६८ अनुसार दुई लाख दुई हजार ८०० घरधुरी सुरक्षित शौचालयको पहुँचमा पुगेपछि मोरङलाई खुला दिसामुक्त जिल्लाकारुपमा घोषणा गरिएको छ ।