
पर्वत । सडक माथिबाट आएको सुख्खा पहिरोका कारण आज विहानदेखि अबरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड सुचारु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित दोविल्लामा सुख्खा पहिरो जाँदा आज विहानदेखि सडक अवरुद्ध बनेको थियो ।
विहान सात बजेदेखि अवरुद्ध बनेको सडक दिउसोबाट सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । निर्माणाधिन उक्त लोकमार्ग हिउँदको समयमा चक्ल्याउने क्रममा भिर काटिएको थियो ।
सोहि ठाउँबाट पहिरो खसेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउनका लागि निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको स्काभेटर र प्रहरी परिचालन गरिएको थियो ।
ठुला ठुला ढुंगाहरु खसेका कारण तीन घण्टाभन्दा बढि सडक अवरुद्ध बनेको थियो ।
सडक अवरुद्ध हुँदा अलपत्र बनेका धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो दुरीका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।
यसैबीच प्रहरीले वर्षायाममा सडक अबरुद्ध हुन सक्ने भन्दै डोजर र प्रहरीलाई तयारी अवस्थामा राख्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्