३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


सुक्खा पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत-पोखरा खण्ड अवरुद्ध


0
Shares

पर्वत । सडक माथिबाट आएको सुक्खा पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड अवरुद्ध भएको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ को दोविल्लामा सुक्खा पहिरो जाँदा आज विहानदेखि सडक अवरुद्ध भएको हो ।

विहान ७ बजेदेखि सडक अबरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

निर्माणाधीन उक्त लोकमार्ग फराकिलो बनाउने क्रममा भीर काटिएको थियो ।

सोही ठाउँबाट पहिरो खसेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरी नायब उपरीक्षक स्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको जेसीबी र प्रहरीको सहायताले अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

सडक अवरुद्ध हुँदा धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधनको तीन किलोमिटर भन्दा लामो जाम भएको छ ।