३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


‘गुठीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्नुपर्छ’


0
Shares

काठमाडौं, असार २० । नेपालको गुठी परम्परालाई विश्व सम्पदा सूचीमा राख्न सरोकारवालाहरुले माग गरेका छन् ।

शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित खबरदारीसभामा उनीहरुले मूर्त सभ्यता र सम्पदाहरु जोगाउन गुठी परम्पराजस्ता अमूर्त संस्कारको महत्वपूर्ण भूमिका रहेको भन्दै गुठीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्नुपर्ने बताएका हुन् ।

नेपालको मौलिक पहिचान भनेको धर्म, संस्कृति, सभ्यता र सम्पदा हो भन्दै उनीहरुले गुठीलाई सम्पदामा राख्नुपर्नेमा जोड दिएका हुन् ।

गुठी विधेयक फेरिपनि सरोकारवालासँग छलफल नगरी संसदमा पुग्नसक्ने भएकाले निरन्तर खबरदारी जरुरी भएको पनि उनीहरुले बताए ।

गुठी सरोकारवालाहरुले गृह, सन्चार र भूमि व्यवस्थामन्त्रीको राजीनामाको माग यथावत् रहेको पनि बताएका छन् ।