३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


सौडल महिला समाजबाट उद्धार गरिएका ९ बालबालिका हिमाली नविन समाजमा


0
Shares

काठमाडौं, असार २० । गएको बुधबार सुडौल महिला समाज भक्तपुरबाट उद्धार गरिएका ९ जना बालबालिकालाई हिमाली नविन समाजमा राखिएको छ ।

निकै दयनीय अवस्थाबाट उद्धार गरिएका उनीहरुलाई केन्द्रीय बालकल्याण समिति, बालबालिका खोजतलास समन्वय केन्द्रले उद्धार गरी हिमाली नविन समाजमा राखिएको हो ।

हिमाली नविन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले जिम्मा लिएका बालबालिकाको आफ्नै संस्थाको नियमअनुसार ८ ओटा चरणमा प्रक्रियागतरुपमा अघि बढ्ने बताए ।

बालगृहहरुको अवस्था विकराल रहेको भन्दै उनले केन्द्रीय बालकल्याण समितिले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

यता, सौडल महिला समाजमा ९ जना बालबालिका लगेर अभिभावकबाट पैसा लिएको आरोपमा पक्राउ परेका कल्पना बुढा र बी सिंहलाई भक्तपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।