Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


‘आइफा’ अवार्ड गर्ने निर्णयबाट सरकार पछि हटेको छैन : मन्त्री ढकाल


0
Shares

विराटनगर, असार २० । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड कार्यक्रम आयोजना गर्ने निर्णयबाट सरकार पछि नहटेको बताएका छन् ।

शुक्रबार मोरङ व्यापार संघले विराटनगरमा गरेको कार्यक्रममा मन्त्री ढकालले भने–‘आइफा अवार्ड गर्ने निर्णयबाट सरकार पछि हटेको भन्ने कुरा सत्य होइन ।’

लगानीभन्दा पृथक ढंगले कार्यक्रम आयोजना गर्ने ‘मोडालिटी’ सरकारको रहेको भन्दै उनले ठूलो पार्टीभित्रबाट केही असन्तुष्टि आउनु स्वाभाविक भएको बताए ।