Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘सरकारले सुनेको नसुन्यै गर्‍यो’


0
Shares

काठमाडौं, असार २० । सरोकारवालाहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर्ने विषयमा सरकारले सुनेको नसुन्यै गरेको गुनासो गरेका छन् ।

नेपाल पत्रकार महासंघले विधेयकका सम्बन्धमा शुक्रबार सरोकारवालाहरुसँग गरेको छलफलकाक्रममा सहभागीहरुले सरकारको तर्फबाट प्रतिक्रिया नै नआउने गरेको बताए ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विधेयक फिर्ता गर्न सरकारलाई ज्ञापनपत्र बुझाउने तथा पटक–पटक छलफल गरेपनि सुनुवाइ नभएको बताए ।

कार्यक्रममा मानवअधिकारवादी कृष्ण पहाडीले लोकतन्त्रको प्राण प्रेस स्वतन्त्रता भएकाले विधेयकमार्फत् प्रेसमाथि आक्रमण गर्ने काम बन्द गर्न सरकारलाई सुझाव दिए ।

उनले मिडिया काउन्सिल विधेयक ल्याउन कुनै स्वतन्त्रताविरोधी शक्ति सक्रिय रहेको दाबी गरे ।