Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


एसइईको पूरक परीक्षा साउन २६ र २७ गते


0
Shares

भक्तपुर, असार १८ । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सन्चालन गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेडवृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसिटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई आग्रह गरेको छ ।

कार्यालयकाअनुसार २०७५ साल चैतमा सन्चालित एसइई परीक्षामा कुनै दुई विषयमा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेडवृद्धिका लागि पूरक परीक्षा सन्चालन गर्न तालिका सार्वजनिक गरिएको हो ।

गत चैत महिनामा सन्चालित एसइई परीक्षामा नियमित समूहबाट सामेल भएका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड आउने वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षा दिन पाउने व्यवस्था गरेको हो । रासस