संखुवासभा । जंगली च्याउ खाएर बिरामी भएकी संखुवासभा चिचिला–१ की पदमकुमारी राईको उपचारका क्रममा आज काठमाडौंमा मृत्यु भएको छ ।
जंगली च्याउ खाँदा बिरामी भएकी ५९ वर्षिया राईको खाँदवारी अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं ल्याएर काठमाडौं मेडिकल कलेजमा ल्याएर भर्ना गरिएको थियो ।
राईले गत शनिबार जंगलबाट ल्याएको च्याउ खाएकी थिइन् । उनीसँगै च्याउ खाने छिमेकी गौमाया राई भने सुनसरीको घोपा अस्पतालमा उपचारपछि घर फर्किएकी छन् ।









प्रतिक्रिया दिनुहोस्