२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बलिउडका चर्चित कलाकारहरुमा ड्रग्स कनेक्सनको सनसनी


0
Shares

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका कलाकारमा ड्रग्स कनेक्सनले सनसनी मच्चाएको छ ।

ड्रग्स बारेमा नयाँ रहस्यहरु खुल्न थालेका छन् । चर्चित कलाकारहरु ड्रग्स कान्डमा मुछिने संकेतहरु देखिएका छन् ।

प्रहरीले पक्राउ गरिएका कारोबारी अनुज केशवानी र अंकुशको बयानको आधारमा सेलिब्रेटीहरु ड्रक्स कान्डमा फसेको अनुमान गरिएको छ ।

ड्रग्स कनेक्सनमा जाँच गर्दै आएको प्रहरीले साराअलि खान, दिपिका पादुकोण, श्रद्धा कपुर, नम्रता शिरोडकरदेखी दिया मिर्जा समेत सहभागी रहेको दावी गरेको छ ।

सेलिब्रेटी नायिकाहरुलाई प्रहरीले शंकास्पदको सूचीमा राखेको छ । त्यस्तै रिया चक्रवर्तीले अनुसन्धानमा २५ बलिउड कलाकारको नाम लिएकी छन् ।

यता नायिका कंगना रनावतले ड्रग्स सेवनकै कारण दीपिका डिप्रेशनमा पुगेको बताएकी छिन् ।