
बझाङ, असार १६ । बझाङको बित्थडचिर गाउँपालिका–५, ओसैलमा बालुवा खानी भत्कँदा सोमबार एक महिलाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका–५, ओसैलकी ३५ वर्षीया चाखुडी महर रहेकी छिन् ।
सोही ठाउँकै ३० वर्षीया गम्भा महर, ३६ वर्षीया कुटुरी महर र २८ वर्षीय हरिभान महर ढिस्कोले पुरिएर गम्भीर घाइते भएका हुन् । उनीहरुलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
बित्थडचिर गाउँपालिका–५ को स्वास्थ्यचौकीको नवनिर्मित भवनको निर्माणका लागि मजदुरी गरिरहेका उनीहरु बालुवा निकाल्न लाग्दा माथिबाट ढिस्को खसेर पुरिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्