Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


डोटीमा जिप दुर्घटना, ६ जना घाइते


0
Shares

बिक्रम खड्का

डोटी, असार १६ । डोटीको आदर्श गाउँपालिकामा आज बिहान  जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से१च ९१७ नम्बरको जिप आदर्श गाउँपालिका–७ साइली गाड नजिक गजेडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइते हुनेमा सायल गाउँपालिका–१ कौराडी बस्ने वर्ष २७ का राजु दमाई, सोही ठाँउ बस्ने वर्ष १५ की बारुली नेपाली, टीका नेपाली रहेका छन् ।

त्यस्तै आदर्श गाउँपालिका ७ बस्ने बर्ष ३६ का रमेश नेपाली, सोही ठाउँ सातला बस्ने १२ वर्षका महेश नेपाली, सोही गाउँपालिका–६ गिरि चौका बस्ने चालक कटक सिलाल रहेको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीले जानकारी दिए ।

घाइतेमध्ये चालक सिलालको अवस्था गम्भीर रहेकोे प्रहरी उपरीक्षक धामीले जानकारी दिए । जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । घाइतेहरुको प्रहरी, स्थानीयबासीले उद्धार गरेका थिए ।