५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


कावासोतीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु


0
Shares

नवलपुर । नवलपुरको कावासोतीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोतीको खरकट्टा जंगलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको  लु. २ ख १० नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको लु. ४९ प ३६२५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुईजनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार रुपन्देही देवदह नगरपालिका वडा नम्बर ७ बस्ने ३३ वर्षीया तारा पोख्रेल र सोही स्थान बस्ने २७ बर्षिय मिलन भट्टराई रहेको प्रहरीले जनाएको छ ।